728x90 AdSpace

Latest News
Sunday, November 8, 2015

कावासोतीमा प्रबासी सपिङग सेन्टर समुद्घाटन

Shopping Center in Kawasoti Nawalparasi


कावासोती, २२ कार्तिक । रोजगारीका लागि युएइको दुबही पुगेका नवलपरासीका युवाहरुले खोलेको प्रबासी सपिङग सेन्टर संचालनमा आएको छ । आईतबार एक समारोहको आयोजना गरि सुबिधा सम्पन्न सपिङग सेन्टरेको ईलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख लोक बहादुर क्षत्रिले समुद्घाटन गरेका हुन् । 

सपिङग सेन्टरको समुद्घाटन गर्दै क्षेत्रिले बिदेशमा जटिल अबस्थामा काम गरेका युवाहरुले सेन्टरमा लगानी गरी बिदेशमा कमाएको रकम सही स्थानमा लगानी हुनु समाजको लागि उदाहरणीय कार्य रहेको बताएका छन् । 
नवलपरासीको नवलपुर क्षेत्रका ४१ जना युवाहरुले युवायुवती,बालबच्चा देखि सबैलाई हुने कपडा, जुत्ता चप्पल, देखि खाद्यान्न सहितको सपिङग सेन्टर सञ्चालनमा ल्याएको हो । दुवइमा रहदा मासिक ५० दिराम बचाएको पैसाले सपिङग सेन्टर सञ्चालनमा ल्याएको यसले यस क्षेत्रका सर्बसाधरणको माग सम्बोदन गर्ने अपेक्षा लिईएको प्रबन्ध निर्देशक रामप्रसाद महत्तोले बताएका छन् । 

सपिङग सेन्टरमा एक मुल्य हुने भएकाले कोही पनि उपभोक्ताले असमान मुल्य तिर्न नपदा ब्यापार राम्रो हुने संचालकको भनाई रहेको छ । सपिग सेन्टर संगै सब्जी मन्टी पनि उनीहरुले सञ्चालनमा ल्याएका छन् । 

डेढ बिगाहा आफ्नै जग्गामा उनीहरुले मौमसी र बेमौसमी तकारी उत्पादन गर्ने योजना पनि उनीहरुले अगाडि सारेका छन् । विदेशको सीप र कलालाई प्रयोग गरेर नेपालमै केही गरौं भन्ने उदेश्यले सेन्टर संचालनमा ल्याईएको छ । मासिक ४ लाख खर्च हुने गरी १० जनालाई रोजगारीको समेत प्रदान गरेको छ । पहिलो दिन बिशेष छुटका साथ समानबिक्री बितरण भएको थियो । सपिङग सेन्टरमा बिहानैदेखि भिड लागेको थियो । यो यस क्षेत्रको पहिलो सेन्टर भएको भन्र्दै यसलाई आफुहरुलाई सहज हुने सामान किन्न सेन्टर पुगेका सर्बसाधरणहरुले प्रतिक्रिया दिएका थिए ।
Next
This is the most recent post.
Older Post
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: कावासोतीमा प्रबासी सपिङग सेन्टर समुद्घाटन Rating: 5 Reviewed By: SEO Expert in Nepal